Home मुख्य समाचार कर्रामा एक पुरुष मृत फेला

कर्रामा एक पुरुष मृत फेला

गुगल तस्विर ।

हेटौंडाः हेटौंडा–१० स्थित कर्रामा व्यवारिसे अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । आइतबार कर्रा पुल नजिकै अन्दाजी ५०–५५ वर्षको पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रारम्भिक बुझाई अनुसार पुरुष केही समय अघिदेखि कर्रा पुलमुनी खाने, बस्ने गर्दै आएका थिए । पुरुषको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

Exit mobile version