हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरमा भोलि सोमबारदेखि राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य सुचारु हुने भएको छ ।
असार १ गते राती वर्षासँगै परेको चट्याङले राउटर र मेसिन बिग्रिएर विवरण संकलन कार्य रोकिएको थियो । आइतबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै असार ६ गते (भोलि) देखि राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य सुचारु हुने जानकारी गराएको छ ।











