सांकेतिक तस्विर ।

हेटौंडाः लोकसेवा आयोगले हेटौंडामा लिएको परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने कास्की जिल्लाको पोखरा महानगरपालिका–२ का ४२ बर्षीय दिपेन्द्रप्रसाद बस्ताकोटीलाई कारागार पठाइएको छ । बस्ताकोटीले गत जेठ १९ गते बिहिबार आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षामा नक्कली परीक्षार्थी बनी परिक्षा दिएका थिए ।

बस्ताकोटीले नक्कली परिक्षा दिइरहेको थाहा पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रहरीले बस्ताकोटामाथि मुद्दा दर्ता गरी जिल्ला सरकारी वकिल कार्यालय, मकवानपुरमा मुद्दा पेश गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका मुद्दा शाखाका नायब सुब्बा रामचन्द्र सापकोटाले जानकारी दिनुभयो । जिल्ला सरकारी वकिल कार्यालयले गत बिहिबार जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा मुद्दा पेश गरेको थियो । बस्ताकोटी नक्कली परिक्षार्थी भएको पाइएपछि जिल्ला प्रशासनले उनलाई कारागारमा पठाएको हो । बस्ताकोटालाई शिक्षा ऐन २०२८ अनुसार १ लाख रुपैयाँ जरिवाना तथा ६ महिना कैद वा दुवै सजाय हुने सक्ने जनाइएको छ ।