Home मुख्य समाचार राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य भोलिदेखि सुचारु हुने

राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य भोलिदेखि सुचारु हुने

हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरमा भोलि सोमबारदेखि राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य सुचारु हुने भएको छ ।

असार १ गते राती वर्षासँगै परेको चट्याङले राउटर र मेसिन बिग्रिएर विवरण संकलन कार्य रोकिएको थियो । आइतबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै असार ६ गते (भोलि) देखि राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य सुचारु हुने जानकारी गराएको छ ।

Exit mobile version