ध्यानः साधकको अन्तिम लक्ष्य समाधि पूर्वको लक्ष्य वा सोपान हो । त्यहाँ सम्म पुग्नका लागि यस मुनिका धापहरु धारणा,प्रत्याहार,प्राणायाम,औसन,यम र नियमहरुमा पक्व हुनुपर्दछ । योगका बहिरङ्गहरु प्रथम आत्मसाथ गर्नुपर्छ । आसनबाट शरीरलाई योग्य लचिलो र सहनशक्ति युक्त बनाइन्छ । नियम (शौच, सन्तोष, तप, स्वाध्याय) र ईश्वरप्रणिधान) द्धारा व्यक्तिगत आचरण नियन्त्रित गरिन्छ । यसपछि “यम” पालन (सत्य, अहिंसा, अस्तेय, ब्रह्मचर्य र अपरिग्रहले व्यक्तिको सामाजिक व्यवहार संयमित हुन्छ । प्राणायामबाट बिचारहरु नियन्त्रित भएर इन्द्रियहरु सहि बाटोमा हिँडेछन् ।

ओमकारेश्वरानन्द अवधुत

योगको अन्तरङ्गहरुः प्रत्याहार भन्नाले मनलाई बाह्य जगतबाट निकालेर भित्र तर्फ मोड्नु हो । प्रतिंआंह्.प्रत्याहार । यसका लागि शरीरमा स्थित कुनै चक्रका बिन्दुमा मनलाई एकाग्रह गर्नुपर्दछ । केवल अनाहत्त चक्र र माथिका विशुद्ध, आज्ञा, ललना (नासिका) गुरु र सहस्रार चक्र नै एकाग्रताको लागि व्यवहार हुन्छन् । मुनिको मणिपुर,चक्र राजसिक र स्वाधिष्ठान मुलाधार चक्रहरु तामसिक छन् । त्यसैले मन एकाग्र गर्नमा बर्जित छन् ।

धारणाः कुनै एक ठाउँमा मनलाई बढी समयको लागि एकाग्र गर्नुलाई धारणा भनिन्छ । प्रत्येक चक्रमा मन एकाग्र भएपछि त्यो चक्र जागृत हुन्छ र वरिपरीका वृत्ति (मनका अभिव्यक्ति,सम्वेदना,भावहरु नियन्त्रित हुन्छन् । यसले साधना मार्गमा अगाडि बढ्नमा मद्धत पुग्छ । राजाधिराज योग साधना पद्धति, जुन राजा जनकका गुरु महर्षि अष्टावक्रले प्रतिपादित गर्नुभएको छ,यसमा तत्वधारणा पाठमा प्रत्येक तत्व (पृथ्वी, जल, अग्नि, वायु र आकाश) को नियन्त्रक बिन्दु मूलाधार स्वाधिष्ठान, मणिपुर, अनाहत र विशुद्ध चक्रहरुमा मनलाई धारण गर्ने (स्थिर राख्ने)अभ्यास छ ।यसको लागि वीरासन धेरै उपयुक्त छ ।

वीरासन गर्ने विधिःघुँडाहरु मोडेर राडीहरुमा भर दिएर बस्ने । खुट्टाका औ“लाहरु पछाडि पट्टी फर्काएर राख्ने । दुवै हत्केलाका औँलाहरु भित्र तर्फ मोडेर तिघ्रामा राख्ने ।आँखाको दृष्टि नाकको टुप्पामा (ललना वा नासिका चक्र) केन्द्रित राख्ने ।साथमा प्रत्येक चक्रमा मन एकाग्र गर्ने विधि र समसीमा प्रशिध्तित आचार्यहरुले बताउनुहुन्छ । यसबाट पञ्चतत्वहरुमा नियन्त्रण प्राप्त हुन्छ ।

सिध्दासन गर्ने बिधि: धारणा राम्रो भएपछि यस पछिको ध्यान सोपान हो । “तत्रैकतानताध्यान्म” ध्यानका लागि उत्कृष्ट आसन हो सिध्दासन । देब्रे खुट्टाको एडीबाट मूलाधार चक्रमा दबाब दिने र दाहिने खुट्टाको एडीबाट स्वाधिष्ठान चक्र (नाभिमुनि ३—४ औँला ) मा दबाब दिने । दुवै हातहरु घुँडामाथि सकेसम्म ध्यान । ज्ञानमुद्रामा (चोर औला र बुढी औँला जोडेर अन्य औँलाहरु सीधा तानेर राख्ने) राख्ने । समयावधिःजलसम्म इच्छा होस् ।

विशेषः कुमारीहरुले र सन्जान उत्पत्ति गर्न चाहने महिलाहरुले महिला आचार्यबाट सल्लाह लिएर मात्र सिध्दासनको अभ्यास गर्नुपर्छ । मूलाधार चक्रमा बढी दबाबले भविष्यमा बच्चा जन्माउनमा बाधा हुन सक्छ । प्राणायाम ध्यान पदमासन वा सिध्दयोन्यासनमा गर्नु नै उचित ।