सहयोग रकम हस्तान्तरण गरिँदै ।

हेटौंडाः हेटौंडा–७ को एक विपन्न परिवारलाई कांग्रेस मकवानपुरले सहयोग गरेको छ । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ को पहलमा आज हेटौंडा–७ का गौतम परिवारलाई ५१ हजार रुपैयाँ सहयोग गरेको हो । चैत ९ गते निधन भएका ३८ वर्षीय रामहरि गौतम (सागर) को परिवारलाई तत्काल काजकिरिया गर्न सहज होस भनी आर्थिक सहयोग गरिएको हो ।
कमाएर परिवारको भरोसा बन्नुपर्ने रामहरिको निधनप्रति दुख व्यक्त गर्दै परिवारप्रति समवेदना व्यक्त गर्दै सहयोग रकम हस्तान्तरण गरिएको हेटौंडा–७ का अर्जुन गौतमले जानकारी दिनुभयो । नेपाली कांग्रेस मकवानपुरका कार्यवाहक सभापति बिष्णु लामिछानेले रामहरिकी आमा देवमाया गौतमलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । गौतम परिवारलाई आर्थिक सहयोग गर्न नेपाली कांग्रेस मकवानपुरका सभापति एवम् वागमती प्रदेश सभाका प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्र बहादुर बानियाँ, क्षेत्रीय सभापति तारानाथ चौलागाई, नगर सभापति आनन्दराम पराजुलीलगायतले आर्थिक सहयोग गर्नुभएको हेटौंडा–७ का अर्जुन गौतमले जानकारी दिनुभयो । उपचारको क्रममा पनि रामहरिलाई स्थानीयले सहयोग गरेका थिए ।