हेटौंडाः मकवानपुर जिल्ला भित्रका विज्ञान विषयका शिक्षकहरुलाई ५ दिने पुनर्ताजगी तालिम हेटौंडामा भईरहेको छ । माध्यामिक (९–१०) तह विज्ञान शिक्षकहरुका लागि ५ दिने पुनर्ताजगी तालिम जेठ २७ गते शुक्रबारबाट हेटौंडामा सुरु भएको हो ।
पुनर्ताजगी तालिममा कक्षा ९–१० को विज्ञान विषयको पाठ्यक्रममा आएको परिवर्तन र सिकाई क्रममा आएको समस्याहरुको विषयमा सहजीकरण भईरहेको छ । तालिममा त्रिभुवन माध्यामिक विद्यालय नवलपुरका विज्ञान शिक्षक सुवास खनाल, सिद्धार्थ माध्यामिक विद्यालयका खेम लामिछाने, ज्ञानोदा माध्यामिक विद्यालयका विनोद गुप्ताले सहजीकरण गरिरहनु भएको छ ।
श्रमीक माध्यामिक विद्यालयमा भईरहेको तालिम ३१ गतेसम्म संचालन हुनेछ । शिक्षा तालिम केन्द्र बागमती प्रदेश, धुलिखेलको आयोजनामा भएको तालिममा मकवानपुरका २७ जना विज्ञान विषयका शिक्षकहरु सहभागी छन् ।