हेटौंडाः जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले मकवानपुर जिल्लामा रहेका आफ्नो सेयर सदस्य संस्थाहरुलाई विशेष अनुरोध गरेको छ । संघले आफ्नो संस्थाको सेयर सदस्यहरुलाई अत्यावश्यक वस्तुको खरिद र आकस्मिक स्वास्थ्य उपचारका लगि आवश्यक पर्ने रकम र सम्पर्क व्यक्ति तोकी सम्भव भएसम्म प्रविधिको मार्फत रकम उपलब्ध गराउन अुनरोध गरेको छ ।
संघले आज एक सूचना जारी गर्दै सदस्य वा कर्मचारीहरुको स्वास्थ्य सुरक्षा ध्यान दिँदै साबुन पानीले हात धुने, सेनिटाइजरको व्यवस्था गरी अन्य उपायहरु अबलम्बन गर्न पनि भनेको छ । संघले आफ्नो सेयर सदस्यहरुलाई अनलाइनमार्फत जनचेतना अभिवृद्धि गर्न, कोरोनाको शंकास्पद बिरामी देखिएमा स्थानीय सरकारसँग समन्वय गरी सुरक्षित अस्पताल पुर्याउने व्यवस्था गर्न अनुरोध गरेको छ । यसैगरी संघले सदस्य संस्थाहरुमा पर्न जाने अत्यावश्यक तरलता वा वित्तीय व्यवस्थापनको अवस्थामा ३ जना सम्पर्क व्यक्ति समेत तोकेको संघकी अध्यक्ष कल्पना श्रेष्ठले जानकारी गराउनुभएको छ ।