Home अर्थ/व्यापार बचत संघद्वारा सतर्कता अपनाउन सदस्य संस्थालाई आव्हान

बचत संघद्वारा सतर्कता अपनाउन सदस्य संस्थालाई आव्हान

हेटौंडाः जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले मकवानपुर जिल्लामा रहेका आफ्नो सेयर सदस्य संस्थाहरुलाई विशेष अनुरोध गरेको छ । संघले आफ्नो संस्थाको सेयर सदस्यहरुलाई अत्यावश्यक वस्तुको खरिद र आकस्मिक स्वास्थ्य उपचारका लगि आवश्यक पर्ने रकम र सम्पर्क व्यक्ति तोकी सम्भव भएसम्म प्रविधिको मार्फत रकम उपलब्ध गराउन अुनरोध गरेको छ ।
संघले आज एक सूचना जारी गर्दै सदस्य वा कर्मचारीहरुको स्वास्थ्य सुरक्षा ध्यान दिँदै साबुन पानीले हात धुने, सेनिटाइजरको व्यवस्था गरी अन्य उपायहरु अबलम्बन गर्न पनि भनेको छ । संघले आफ्नो सेयर सदस्यहरुलाई अनलाइनमार्फत जनचेतना अभिवृद्धि गर्न, कोरोनाको शंकास्पद बिरामी देखिएमा स्थानीय सरकारसँग समन्वय गरी सुरक्षित अस्पताल पुर्याउने व्यवस्था गर्न अनुरोध गरेको छ । यसैगरी संघले सदस्य संस्थाहरुमा पर्न जाने अत्यावश्यक तरलता वा वित्तीय व्यवस्थापनको अवस्थामा ३ जना सम्पर्क व्यक्ति समेत तोकेको संघकी अध्यक्ष कल्पना श्रेष्ठले जानकारी गराउनुभएको छ ।

Exit mobile version