ग्यासको सिलिण्डर नष्ट गर्दै ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा–३ मा रहेको साहारा ग्यास ईण्डष्टिज प्रा.लीले साहारा ग्यासको लोगो अंकित ६ सय ३७ थान सिलिण्डर नष्ट गरेको छ । साहारा ग्यास ईण्डष्टिजको नीति तथा निर्णय र नेपाल आयल निगम तथा नेपाल सरकारको अन्य सरोकारवाला निकायहरुको नियमानुसार मापदण्ड विपरितका पुराना एलपिजी ग्यास सिलिण्डर नष्ट गरिएको हो ।

नेपाल सरकारको नियम अनुसार उपभोक्ताहरुको हितलाई मध्यनजर गर्दै असुरक्षित तथा लिकेज, प्वाल परेका, फुट्टिङ्ग, नेकरिङ्ग, बिग्रिएका, म्याद नाग्न लागेका पुराना सिलिण्डरहरु नष्ट गरिएको हो । सिलिण्डरहरु पुनःप्रयोग गर्न नमिल्ने गरी नष्ट गरिएको छ ।

सिलिण्डर नष्ट गर्ने क्रममा उद्योगका प्रबन्धक खड्ग बहादुर थापा, जिल्ला प्रशासन कार्यालयका रबिन्द्र कुमार श्रेष्ठ, घरेलु तथा साना उद्योगका लेखनाथ राउत, नेपाल आयल निगमका प्रभुत चन्द्र मिश्र, गुणस्तर तथा नापतौलका प्रबिन कुमार लामा लगायत सञ्चारकर्मीहरुको उपस्थितिमा सिलिण्डरहरु नष्ट गरिएको हो ।