हेटौंडाः बागमती प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफलमा बोल्दै प्रदेश सभा सदस्य रमेश पौडेलले नीति तथा कार्यक्रम परानै शैलीको भएको बताउनुभएको छ । उहाँले अल्घिलो वर्षहरुको जस्तै नीति तथा कार्यक्रम कपी पेष्ट भएको आरोप लगाउनुभएको छ ।
उहाँको अनुसार प्रदेश सरकारको नीति तथा कार्यक्रमले नविनता बोकेको छैन । पुरानै औपचारिकता पूरा गर्ने काम मात्र भएको उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “महंगीको मारमा सिंगो प्रदेश मारमा छ । यो नीति तथा कार्यक्रमले राहत पुर्याउने कुरा उठान गरेको छैन । कर्मचारीको तलब वृद्धि हुँदै गर्दा महंगीको मारमा पनि जनता परेका छन् ।” लोकप्रियताको लागि मात्र कार्यक्रम आएको उहाँको दाबी छ । प्रदेश सरकारले कार्यान्वयन गर्न सकिने कार्यक्रम ल्याउनु पर्ने धारणा राख्नुभयो । प्रदेश सरकारको वेभसाइटहरु अपडेट नभएको भन्दै उहाँले हामीले बनाउन खोजेको डिजिटल प्रदेश कस्तो हो ? भन्दै प्रश्न गर्नुभएको छ ।











