Home मुख्य समाचार नीति तथा कार्यक्रम कपी पेष्टः रमेश पौडेल

नीति तथा कार्यक्रम कपी पेष्टः रमेश पौडेल

हेटौंडाः बागमती प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफलमा बोल्दै प्रदेश सभा सदस्य रमेश पौडेलले नीति तथा कार्यक्रम परानै शैलीको भएको बताउनुभएको छ । उहाँले अल्घिलो वर्षहरुको जस्तै नीति तथा कार्यक्रम कपी पेष्ट भएको आरोप लगाउनुभएको छ ।
उहाँको अनुसार प्रदेश सरकारको नीति तथा कार्यक्रमले नविनता बोकेको छैन । पुरानै औपचारिकता पूरा गर्ने काम मात्र भएको उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “महंगीको मारमा सिंगो प्रदेश मारमा छ । यो नीति तथा कार्यक्रमले राहत पुर्‍याउने कुरा उठान गरेको छैन । कर्मचारीको तलब वृद्धि हुँदै गर्दा महंगीको मारमा पनि जनता परेका छन् ।” लोकप्रियताको लागि मात्र कार्यक्रम आएको उहाँको दाबी छ । प्रदेश सरकारले कार्यान्वयन गर्न सकिने कार्यक्रम ल्याउनु पर्ने धारणा राख्नुभयो । प्रदेश सरकारको वेभसाइटहरु अपडेट नभएको भन्दै उहाँले हामीले बनाउन खोजेको डिजिटल प्रदेश कस्तो हो ? भन्दै प्रश्न गर्नुभएको छ ।

Exit mobile version