हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकाको कार्यपालिका सदस्य चयनका लागि १७ गते निर्वाचन हुने भएको छ । कार्यपालिका सदस्य निर्वाचनका लागि १४ गते मतदाताको नामावली प्रकाशन हुनेछ ।

१५ गते मनोनयन दर्ता हुने र १७ गते मतदान हुने बागमती गाउँपालिकाका निर्वाचन अधिकृत हरिप्रसाद उपाध्यायले जानकारी दिनुभयो । उपाध्यायका अनुसार निर्वाचनबाट ६ जना कार्यपालिका सदस्यमा निर्वाचित हुने छन् । नवनिर्वाचित जनप्रतिनिधिबाट ४ जना महिला सदस्य र दलित वा अल्संख्यकबाट २ जना कार्यपालिका सदस्यमा निर्वाचित हुने उपाध्यायले बताउनुभयो । नवनिर्वाचित पालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्य गरी ४७ जनाले मतदान गर्नेछन् ।