Home मुख्य समाचार बागमतीमा कार्यपालिका सदस्य निर्वाचनका लागि १७ गते मतदान हुने

बागमतीमा कार्यपालिका सदस्य निर्वाचनका लागि १७ गते मतदान हुने

हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकाको कार्यपालिका सदस्य चयनका लागि १७ गते निर्वाचन हुने भएको छ । कार्यपालिका सदस्य निर्वाचनका लागि १४ गते मतदाताको नामावली प्रकाशन हुनेछ ।

१५ गते मनोनयन दर्ता हुने र १७ गते मतदान हुने बागमती गाउँपालिकाका निर्वाचन अधिकृत हरिप्रसाद उपाध्यायले जानकारी दिनुभयो । उपाध्यायका अनुसार निर्वाचनबाट ६ जना कार्यपालिका सदस्यमा निर्वाचित हुने छन् । नवनिर्वाचित जनप्रतिनिधिबाट ४ जना महिला सदस्य र दलित वा अल्संख्यकबाट २ जना कार्यपालिका सदस्यमा निर्वाचित हुने उपाध्यायले बताउनुभयो । नवनिर्वाचित पालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्य गरी ४७ जनाले मतदान गर्नेछन् ।

Exit mobile version