हेटौंडाः भीमफेदी गाउँपालिकाको आधारभूत तह (कक्षा—८)को परीक्षाको नतिजा अघिल्लो मंगलबार सार्वजनिक भएको छ । परीक्षा दिएका ३ सय १३ परीक्षार्थीमध्ये २ सय ८२ परीक्षार्थी मात्र उत्तीर्ण भएको भीमफेदी गाउँपालिका शिक्षा शाखाका अधिकृत प्रदीप पराजुलीले जानकारी दिनुभयो ।
आधारभूत तहमा ३१ जना विद्यार्थी अनुत्तिर्ण भएका छन् । ९० प्रतिशत विद्यार्थी उत्तिर्ण हुँदा १० प्रतिशत विद्यार्थी अनुत्तिर्ण भएको पराजुलीले जानकारी दिनुभयो ।