हेटौंडाः हेटौंडा उपमहानगरपालिकामा कार्यपालिका सदस्य चयनका लागि आईतबार निर्वाचन हुँदैछ । सोमबार साँझ मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना सार्वजनिक गर्दै हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका सदस्य चयनका लागि आइतबार निर्वाचन हुने जनाएको छ ।

निर्वाचनबाट ८ जना कार्यपालिका सदस्यमा निर्वाचित हुने मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो । नवनिर्वाचित गाउँसभाका ५ जना महिला सदस्य र दलित वा अल्संख्यकबाट ३ जना कार्यपालिका सदस्यमा निर्वाचित हुने श्रेष्ठले बताउनुभयो । निर्वाचनमा मतदान गर्ने मतदाताहरुको आज मंगलबार नामवली प्रकाशन गरेको छ । नवनिर्वाचित मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्य गरी ९७ जनाले मतदान गर्नेछन् ।