हेटौंडाः देशव्यापी रुपमा भईरहेको बलात्कारको घटनाको विरुद्धमा आज मंगलबार हेटौंडामा बिरोध प्रदर्शन गरिएको छ । महिलाहरु सुरक्षित नभएको भन्दै आफ्नो सुरक्षाको मागसहित महिलाहरुले विरोध गरेका हुन् ।
संयुक्त दिदीबहिनी तथा आमाहरुको आयोजनामा विरोध प्रदर्शन भएको हो । प्रदर्शनमा महिलाहरुले “सरकार देखाऊ इच्छा, खोइ त महिलाको सुरक्षा ?”, अर्को पालो मेरो पो हो कि ? भन्दै बलात्कार विरुद्ध नारा लगाएका थिए । “बलात्कारी होस त” भन्दै महिलाहरुले बलात्कारको विरुद्ध आवाज उठाएका छन् ।