गुगल तस्बिर ।

हेटौंडाः आज सोमबार मकवानपुरको भीमफेदी गाउँपालिकाका प्रधानाध्यापक (प्रअ)हरुको बैठक बस्दैछ । नयाँ शैक्षिक सत्र सुरु भएपश्चात् भएका गतिविधिको मूल्यांकनका लागि भीमफेदी गाउँपालिकाको शिक्षा शाखाले प्रअहरुको बैठक आह्वान गरेको जनाएको छ ।

भीमफेदीका कति बालबालिका विद्यालय बाहिर छन् ?, कति विद्यार्थी भर्ना भए र आगामी शैक्षिक सत्र सृदृढ बनाउन के के पहल गर्ने भन्ने विषयमा छलफलका लागि बैठक आह्वान गरिएको गाउँपालिकाको शिक्षा अधिकृत प्रदीप पराजुलीले बताउनुभयो । यसैगरी विद्यालय भर्ना भएका विद्यार्थीलाई लामो समयसम्म टिकाउ कसरी गर्न सकिन्छ ? भन्ने विषय बैठकमा छलफल हुने उहाँले बताउनभुयो । विद्यालयले सञ्चालन गरेको भर्ना अभियान कतिको प्रभावकारी छ भन्ने विषयमा समेत प्रअहरुसँग छलफल हुने शिक्षा अधिकृत पराजुलीले जानकरी दिनुभयो । बैठकमा ४७ वटा सामुदायिक र २ वटा संस्थागत विद्यालयका प्रअहरुको उपस्थिति हुने बताउनुभयो ।