भीमफेदी गाउँपालिका वडा नम्बर २ को वडाध्यक्षमा काशीराम बज्यु विजयी

हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर २ को वडाध्यक्षमा काशीराम बज्यु विजयी हुनुभएको छ । आज वडाको मत परिणाम सार्वजनिक गर्दा ७ सय ४४ मत प्राप्त गर्दै बज्यु वडाध्यक्षमा निर्वाचित हुनुभएको हो ।

बज्यु गठबन्धन दल नेकपा एकिकृत समाजवादीका कर्ण बहादुर पाख्रिनलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । पाख्रिनले ७ सय ३ मत प्राप्त गर्नुभएको छ ।