हेटौंडाको मतगणना गर्दैै गणकहरु ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ र २ मा गठबन्धनले अग्रता लिएको छ । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवारले अहिलेसम्म अग्रता लिएको हो ।

हेटौंडा १ मा ७ सय मत गणना गर्दा वडाध्यक्षमा नेपाली कांग्रेसले ३ सय १६, नेकपा एमालेले ३ सय ३ र राप्रपाले ४१ मत प्राप्त गरेका छन् । यस्तै, मेयरमा गठबन्धनको समाजवादीलाई २ सय २३, नेकपा एमालेलाई २ सय ८ र राप्रपालाई १ सय ७७ मत आएको छ । त्यसैगरी, उपमेयरमा कांग्रेसलाई ३ सय १४, नेकपा एमालेलाई २ सय ५९ र राप्रपालाई ४५ मत प्राप्त भएको छ ।

हेटौंडा २ को वडा अध्यक्षमा पनि नेपाली कांग्रेसको अग्रता कायमै छ । वडाअध्यक्षमा नेपाली कांग्रसले १ सय ८४, नेकपा एमालेले एक्सय ४० र राप्रपाले १ सय १ मत प्राप्त गरेका छन् । हेटौंडा वडा नम्बर २ मा ५०० गणना गर्दा मेयरमा नेकपा समाजवादीले ९५, नेकपा एमालेले १ सय ३, राप्रपाले २ सय ४३ मत ल्याएका छन् । यस्तै, उपमेयरमा नेपाली कांग्रेसले २ सय ३८, नेकपा एमालेले एकसय ३० र राप्रपाले ८० मत प्राप्त गरेका छन् । मत गणना अझै जारी रहेको छ ।