हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकामा अहिले वडा नम्बर १ को मत गणना कार्य जारीे छ । अहिले ४ सय मत गणना गर्दा पालिकाको अध्यक्ष पदमा एमालेको र उपाध्यक्षमा गठबन्धनको अग्रता कायम रहेको छ ।
पालिकाको अध्यक्षमा ४ सय मत गणना गर्दा एमालेका खेम जर्गा मगरले अग्रता कायम गरेको छ । जर्गाले १ सय ८३ मत प्राप्त गर्नुभएको छ । यस्तै गठबन्धन दल माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पदका उम्मेदवार सर्केश घलानले १५२ मत प्राप्त गर्नुभएको छ ।
यस्तै उपाध्यक्ष पदका उम्मेदवारमा भने गठबन्धन दल नेपाली कांग्रेस तर्फबाट फणिन्द्र तिमल्सिनाले अग्रता कायम बनाउनुभएको छ । ४ सय मत गणना गर्दा तिमल्सिनाले २ सय ४० मत प्राप्त गर्नुभएको छ । यस्तै नेकपा एमालेका तर्फबाट उपाध्यक्ष पदका उम्मेदवार धन माया स्याङ्तानले ८६ मत प्राप्त गर्नुभएको छ ।
यस्तै वडा अध्यक्ष पदका उम्मेदवारमा नेपाली काङ्ग्रेसका काजिमान भोलनले अग्रता बनाएको छ । भोलनले १ सय ५७ मत, माओवादी केन्द्रका यहुन्ना राईले १ सय ५५ र एमालेका यक्ष बहादुर श्रेष्ठले ७४ मत प्राप्त गर्नुभएको छ । बागमती–१ मा २२ हजार मतदाता रहेकोमा १७ हजार ४३ मत खसेको छ ।