मतगणना कार्य सुरु गर्दै गणकहरु ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकामा गठबन्धनको अग्रता कायमै रहेको छ । हालसम्म एक हजार २ सय ५० मत गणना गर्दा गठबन्धनको अग्रता देखिएको हो ।

हेटौंडा उपमहानगरपालिकामा मेयरमा नेकपा एमालेको ३ सय ७०, नेकपा समाजवादीको ३ सय ८८, राप्रपाको ३ सय ४२ मत प्राप्त भएको छ । यस्तै, उपमेयरमा नेकपा एमालेको ४ सय ८ मत, नेपाली कांग्रेसको ५ सय ७५ र राप्रपाको ८८ मत प्राप्त भएको छ । हाल हेटौंडा उपमहानगरपालिकाको ४ वटा वडाको मत गणना भईरहेको छ । हेटौंडा वडा नम्बर १, वडा नम्बर २, वडा नम्बर १८ र १९ को गणना भईरहेको छ ।