मतगणना कार्य सुरु गर्दै गणकहरु ।

हेटौंडाः मकवानपुरको थाहा नगरपालिका–१ मा अहिले मत गणना भइरहेको छ । थाहा–१ मा १ हजार २ सय मत गणना गर्दा गठबन्धनले अग्रता बनाएको छ ।

१ हजार २ सय मत गणना गर्दा थाहाको मयेरमा गठबन्धन दल माओेवादी केन्द्रको तर्फबाट ६ सय १४ मत प्राप्त गरेको निर्वाचन अधिकृत तीर्थराज भट्टराईले जानकारी दिनुभयो । यस्तै नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवारले ४ सय १८ मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) को तर्फबाट ५ मत प्राप्त गरेको छ । यस्तै उपमेयर पदमा गठबन्धनको तर्फबाट ५ सय ७० मत प्राप्त गरेको छ । यस्तै एमालेको तर्फबाट उपमेयरका उम्मेदवारले ४ सय ४६ मत प्राप्त गरेको छ भने राप्रपाले ३ मत प्राप्त गरेको छ ।

यस्तै थाहा–१ को वडाध्यक्ष पदमा भने एमालेले अग्रता बनाएको छ । एमालेले ४ सय ३६ मत, नेपाली काङ्गे्रसले ३ सय १२ र माओवादी केन्द्रले ३ सय ९२ मत प्राप्त गरेको छ ।