हेटौंडाः आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मकवानपुरमा निर्वाचन आयोगले तयारी पूरा गरेको छ । जिल्लाका सबै मतदान केन्द्रहरुमा सबै तयारी पूरा भईसकेको बागमती प्रदेश निर्वाचन आयोगका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिनुभयो ।

आज जिल्लाका सबै जसो मतदान केन्द्रमा निर्वाचन सामग्री पुग्ने पोखरेलले बताउनुभयो । मंगलबार साँझसम्ममा सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुगिसक्नुपर्ने उहाँले बताउनुभयो । निर्वाचनका लागि भोली मंगलबार राति १२ बजेदेखि निर्वाचन मौन अवधि सुरु हुँदैछ । मौन अवधिमा निर्वाचन आयोगले जारी गरिएको आचारसंहिता पालना गर्नुपर्नेछ । यदि आचारसंहिता विपरित कार्य भएमा निर्वाचन अधिकृतको कार्यालयमा सम्र्पक गर्न सकिने र आयोगले कारबाही गर्न सुरु गर्ने पोखरेलले बताउनुभयो । निर्वाचन मौन अवधिमा राजनीतिक दलहरुले कुनै खालको प्रचारप्रसारका कार्य, आमसभा, ¥याली, जनतालाई प्रलोभन पार्ने खालको कार्यहरु गर्न पाइने छैन । यस्तै नेता कार्यकर्ताले घरदैलो अभियान जस्ता कार्य गर्न पाउने छैनन् ।

निर्वाचनलाई व्यवस्थित तरिकाले सम्पन्न गर्न १ सय ६५ मतदान स्थलका लागि २ हजार ८ सय ३८ कर्मचारी खटाएको उहाँले बताउनुभयो । जसमा १७७० जनालाई मुख्य निर्वाचन आयोगले खटाइएको र १०६८ जनालाई अधिकृृतले स्वयमसेवकको रुपमा खटिएको हो । कम समयमै निर्वाचन गराउनुपर्दा यस पटक भने निर्वाचन आयोगले मतदाता शिक्षा सञ्चालन गर्न नपाएको पोखरेलले बताउनुभयो । अहिले जिल्लामा मतदातालाई मतदान गराउन उम्मेवादहरुले नै सिकाउने गरेको छ । मकवानपुरका विभिन्न मिडियाका मार्फत मतदाता शिक्षाका बारेमा समाचार, सूचना प्रकाशन र प्रसारण गराएको उहाँले बताउनुभयो । उहाँले निर्वाचनमा सहभागी हुँदा कसैको दबाब र प्रभावमा नपर्न आग्रह गर्नुभयो । यदि त्यस्तो भएमा आयोगमा सम्पर्क गर्न उहाँले आग्रह गर्नुभयो । आयोगको काम निष्पक्ष, भयरहित ढङ्गबाट निर्वाचन कार्यलाई सफल बनाउने र सम्पन्न गराउने रहेको उहाँले बताउनुभयो । आखाँको समस्या र हात नचल्ने बृद्धाबृद्धा, अपाङ्गहरुले आफ्नो घरका सदस्यलाई लिएर मतदान गराउन सकिने उहाँले बताउनुभयो । यदि विश्वास नलाग्ने सदस्यहरु भएमा निर्वाचन अधिकृतलाई सम्झेर आफुलाई मन लागेको उम्मेदवारलाई मतदान गर्न सकिने कानुनी प्रावधान रहेको उहाँले बताउनुभयो । मतदानमा सहभागी हुन मतदाता परिचय पत्र सबै मतदान केन्द्रमा पठाएको र २८ र २९ गते वितरण गरिने उहाँले बताउनुभयो ।

मकवानपुरमा झन्डै ३ लाख मतदाता

हेटौंडाः मकवानपुरमा बैशाख २८ गते बुधबारसम्ममा १८ वर्ष पुरा हुने २ लाख ९ ४ हजार ९ सय १९ जना मतदाताहरु रहेका छन् । जसमध्ये १ लाख ४ ९ जना पुरुष , १ लाख ४४ हजार ९ सय ५९ जना महिला तथा ६ जना तेस्रो लिङ्गी रहेको निर्वाचन आयोग बागमती प्रदेश कार्यालय मकवानपुरको तथ्याङ्कमा उल्लेख छ ।

मकवानपुरको सबैभन्दा बढी मतदाता हेटौंडा उपमहानगर पालिका रहेका छन् । हेटौंडामा मात्र १ लाख ४ हजार ४ सय ५० जना मतदाता रहेका छन् । यस्तै, थाहा नगरपालिकामा ३२ हजार ३ सय ७ जना मतदाता रहेका छन् । बकैया गाउँपालिकामा २९ हजार ९ सय ४३ जना, बागमती गाउँपालिकामा २२ हजार ४० जना मतदाता रहेका छन् । यस्तै भीमफेदी गाउँपालिकामा १७ हजार ४ सय २८ जना, मकवानपुरगढी गाउँपालिकामा १९ हजार १ सय १८ जना, मनहरी गाउँपालिकामा २७ हजार ७ सय २१ मतदाता रहेका छन् । राक्सिराङ गाउँपालिकामा १५ हजार ८ सय ३२ जना, ईन्द्रसरोवर गाउँपालिकामा १२ हजार ४ सय ७१ जना र कैलाश गाउँपालिकामा १४ हजार ५ सय ४७ मतदाता रहेका छन् ।

निर्वाचन सुरक्षाका लागि ३ हजारभन्दा बढी सुरक्षाकर्मी खटिँदै

हेटौैंडाः आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि मकवानपुरमा ३ हजार २ सय सुरक्षाकर्मी खटिँदैछन् । निर्वाचनलाई सुरक्षित तरिकाले सम्पन्न गराउन ३ हजारभन्दा बढी सुरक्षाकर्मी खटाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख भरतमणि पाण्डेले जानकारी दिनुभयो ।

निर्वाचन सुरक्षाका लागि १ हजार ४ सय ७३ जना म्यादी प्रहरी, नेपाली सेना ५ सय जना, सशस्त्र प्रहरी ४ सय जना, नेपाल प्रहरी ९ सय जना खटाइने पाण्डेले जानकारी दिनुभयो । मतदान केन्द्र भित्र सुरक्षा प्रदान गर्न प्रहरी खटिने र मतदान केन्द्र बाहिरा सेना खटाइनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!