हेटौंडा-४ स्थित भुटनदेवी माविमा परीक्षा दिन उपस्थित भएका तस्बिर फाइल विद्यार्थीहरु ।

हेटौंडाः मकवानपुरमा शैक्षिक सत्र २०७८ को विद्यालय शिक्षा परीक्षा (एसईई) सञ्चालन भइरहेको छ । बिहीबार भने स्वास्थ्य तथा वातावरण विषयको परीक्षा भएको छ । उक्त विषयको परीक्षामा नियमिततर्फ ३ हजार एक सय ८० जना छात्र र ३ हजार ५ सय १९ जना गरी ६ हजार ६ सय ९९ जना परीक्षार्थी उपस्थित भएका छन् ।

स्वास्थ्य जनसंख्या तथा वातावरण विषयको परीक्षामा एक सय १ जना छात्र र एक सय १२३ जना छात्रा गरी २ सय २४ जना परीक्षार्थी परीक्षामा अनुपस्थित भएको पौडेलले जानकारी दिनुभयो । ग्रेड वृद्वितर्फ एक जना छात्र र एक जना छात्रा गरी २ जना परीक्षार्थीले मात्र परीक्षा दिएका छन् । मकवानपुरमा सम्बन्धी विद्यालयको प्रधानाध्यापकलाई तोकिएको केन्द्रध्यक्षको नेतृत्वमा २४ वटा परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भइरहेको छ । भोली शुक्रबार ऐच्छिक प्रथमको परीक्षा हुनेछ ।

यसैगरी, आजबाट प्राविधिकतर्फको परीक्षा सुरु भएको छ । जसमा १ सय ३२ जना छात्र र १ सय ९ जना छात्रा गरी २ सय ४१ जना परीक्षार्थीहरुले परीक्षा दिएको शिक्षा विकास तथा समन्वय ईकाइ मकवानपुरका सुचना अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो ।