हैटौंडाः मकवानपुरगढी गाउँपालिकामा रहेका कृषि प्राविधिकहरुलाई क्षमता अभिवृद्धि तालिम दिईएको छ । तालिममा गाउँपालिकाको ९ जना कृषि प्राविधिकहरु उपस्थित थिए ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ बाग्दलीमा रहेको माटो परिक्षण प्रयोगशालामा संचालन गरिएको तालिममा विशेष गरि माटो विश्लेषण सम्बन्धी र समय सापेक्ष बालीविरुवामा लाग्ने रोगकीरा पहिचान, रोकथामका उपायहरु, वीउ उत्पादन प्रविधि, कार्यक्रम कार्यान्वयन, अनुगमन निरीक्षण, प्रतवेदन लेखन लगायतका विषयमा प्रशिक्षण दिइएको हो । तालिममा माटो विज्ञ रामदुलार यादव र कृषि अधिकृत चन्द्रकान्त चौधरीले प्रशिक्षण दिनुभएको थियो ।

बागमती प्रदेश सरकार, कृषि मन्त्रालयको सहयोगमा २०७६ सालमा स्थापना भएको माटो परिक्षण प्रयोगशाला निरन्तर संचालनमा रहेको छ । मकवानपुरगढी गाउँपालिकाका कृषकहरुलाई माटो परिक्षण सेवा उपलब्ध गराउदै आईरहेकोमा अगामी वर्षदेखि अन्य पालिकाका कृषकहरुलाई समेत माटो परिक्षण सेवा उपलब्ध गराउने लक्ष्य रहेको छ । तालिम कृिष विकास शाखाको आयोजनामा १२ गतेदेखि १४ गतेसम्म ३ दिन संचालन भएको थियो ।