बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ।

हेटौंडाः बागमती प्रदेशको मन्त्रीपरिषद्को बैठक भोलि बुधबार बिहान ८ बजे बस्दैछ । बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहनुभएका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनालले बैठक बस्ने जानकारी दिनुभएको छ ।

स्थानीय तहको निर्वाचनका कारण मन्त्रीपरिषद् बैठक बस्न सकेको थिएन । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताको कार्य पूरा भएसँगै प्रदेशका मन्त्रीहरुको केही फुर्सद भएपछि बैठक बस्न लागेको हो ।