हेटौंडा ९ स्थित प्रगति माविका बालबालिकालाई टाईफाईड बिरुद्धको खोप लगाउँदै ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका भित्र ५१ प्रतिशत बालबालिकाले टाईफाईड बिरुद्धको खोप लगाएका छन् । चैत २५ गतेबाट सुरु भएको टाईफाईड बिरुद्धको खोप अभियानमा सोमबारसम्म उपमहानगरपालिकाभित्र लक्ष्यको ५१ प्रतिशत अर्थात् ३० हजार बालबालिकाले खोप लगाएको जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

उपमहानगरपालिकामा २० वटा स्वास्थ्य केन्द्र मार्फत् खोप लगाउने कार्य भईरहेको छ । हेटौंडा वडा नम्बर १ मा नकौली शहरी स्वास्थ्य केन्द्रबाट लक्ष्यको ४० प्रतिशत ८ सय ७५ जना बालबालिकालाई खोप लगाईएको छ । यस्तै, वडा नम्बर २ मा वनस्खण्डी शहरी स्वास्थ्य केन्द्रबाट लक्ष्यको ४४ प्रतिशत अथात् एक हजार ७ सय ६५ जना बालबालिकालाई खोप लगाईएको छ । वडा नम्बर ३ को बसामाडी स्वास्थ्य चौकीबाट लक्ष्यमा ६२ प्रतिशत अर्थात् २ हजार एकसय ५ जना बालबालिकाले खोप लगाएका छन् । वडा नम्बर ४ मा मोहन बज्रचार्य शहरी स्वास्थ्य केन्द्रमार्फत् ३६ प्रतिशत अर्थात् २ हजार ३ सय ६ जना बालबालिकाले खोप लगाएका छन् ।

यस्तै, वडा नम्बर ५ मा ४१ प्रतिशत अर्थात् २ हजार ६ सय ४० जना, ६ नम्बर वडामा ८५ प्रतिशत २ हजार १ सय ५ जना, ७ नम्बर वडामा ८० प्रतिशत एक हजार एक सय ४८ जना बालबालिकाले खोप लगाएका छन् । त्यसैगरी, ८ नम्बरमा ७० प्रतिशत २ हजार ६२ जना, ९ मा ६४ प्रतिशत २ हजार ३३ जना, १० मा ७२ प्रतिशत २ हजार ४ सय ४ जना, ११ मा १५ प्रतिशत ४ सय ३७ जना, १२ मा ५४ प्रतिशत एक हजार ५ सय २६ जनाले खोप लगाएका छन् । १३ मा ३० प्रतिशत ७ सय ८९ जना, १४ मा ७५ प्रतिशत १ हजार ६ सय १९ जना, १४ मा २९ प्रतिशत ८ सय २१ जना, १५ मा ४५ प्रतिशत एक हजार २ सय ३४ जना, १६ मा २६ प्रतिशत ४ सय ३८ जना, १७ मा ५३ प्रतिशत एक हजार ५ सय ४० जना, १८ मा ७७ प्रतिशत ६ सय २ जना र १९ मा ६९ प्रतिशत एक हजार ५ सय ५९ जना बालबालिकालाई खोप लगाइएको छ ।

हालसम्म हेटौंडा ६ मा हेटौंडा स्वास्थ्य चौकी मार्फत् सबैभन्दा धेरै बालबालिकाले खोप लगाएको तथ्याङ्कले देखाउँछ । हेटौंडा ६ ले २ हजार ४ सय ८० जना बालबालिका खोप लगाउने लक्ष्य लिएकोमा ८५ प्रतिशत बालबालिकाले टाईफाईड बिरुद्धको खोप लगाएको जनस्वास्थ्य अधिकृत भोला चौलागाईले जानकारी दिनुभयो । यस्तै, उपमहनगरपालिका भित्र वडा नम्बर ११ ले लक्ष्यमा सबैभन्दा कम खोप लगाएको देखिन्छ । नवलपुर शहरी स्वास्थ्य केन्द्र मार्फत् २ हजार ८ सय ६० जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिएकोमा सोमबारसम्म लक्ष्यको १५ प्रतिशत अर्थात् ४ सय ३७ जना बालबालिकामा मात्र खोप लगाएको तथ्याङ्कमा देखिन्छ ।