हेटौंडाः ३ नम्बर प्रदेश सरकारको भूमि, व्यवस्था कृषि तथ सहकारी मन्त्रालयले ३ नम्बर प्रदेशको ११ स्थानमा फलपूmल तथा तरकारी भण्डारणका लागि शितभण्डार स्थापना गर्ने कार्यको थालनी गरेको छ । स्थानीय तह तथा कृषि सहकारी संघ, संस्थाको साझेदारीमा ११ स्थानमा ८ हजार मेट्रिकटनको शितभण्डार निर्माणको कार्य अगाडि बढाएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । ४५ करोड खर्चेर चालु आर्थिक वर्षमा ११ स्थानमै शित भण्डार तयार हुने कृषि मन्त्रालयले दावी गरेको छ ।
मन्त्रालयले शित भण्डारका लागि मकवानपुरको थाहा नगरमा प्रदेश ३ कै सबैभन्दा ठुलो शित भण्डारण निर्माण गर्ने बताएको छ । थाहा नगरमा १७ सय मेट्रिक टन क्षमताको शित भण्डारणको कार्य सुरु भएको मन्त्रालयका कृषि अधिकृत निर्मल पौडेलले बताउनुभयो । यता प्रदेशको दोलखा जिल्लाको भीमेश्वरमा सबैभन्दा कम क्षमताको अर्थात २ सय मेट्रिकटनको शित भण्डारको शिलान्यास भएको पौडेलले जानकारी दिनुभएको छ । यस्तै चितवन खैरहनी र धादिङको बेनिघाटमा १५ सय मेट्रिक टनको शित भण्डारको काम सुरु भैसकेको छ । यस्तै काभ्रेको बनेपा र रसुवा जिल्लामा ३०० मेट्रिकटन क्षमताको शित भण्डारको कार्य भइरहेको छ । प्रदेशको ११ स्थान मध्ये रसुवामा बन्ने ३ सय मेट्रिक टनको शित भण्डारको काम सबैभन्दा अगाडि बढेको मन्त्रालयले बताएको छ । यसैगरी सिन्धुपाल्चोक लिशंखु, इन्द्रावती र दोलखाको जिरीमा, रामेछापको मन्थलीमा र सिन्धुलीको सुनकोशीमा ५ सय मेट्रिक टनको शित भण्डारको काम सुरु भएको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ ।
यसअघि रसुवा र चितवनका प्रदेश ३ को कृषि मन्त्री दावा दोर्जे लामाले शित भण्डारको शिलान्यास गर्नुभएको छ । गत वर्ष तरकारी तथा फलपूmलको भण्डार अर्थात कोल्ड स्टोरका लागि मन्त्रालयले १३ स्थानमा ५२ लाख बजेट छुट्टाएको थियो । चालु वर्षमा पनि ४५ करोड बजेट विनियोजन गरेर ११ स्थानमा काम सुरु गरेको छ । प्रदेश मन्त्रालयले शित भण्डारको कार्य सम्पन्न भएपछि स्थानीय तहलाई हस्तान्तरण गर्ने जनाएको छ । निर्माण सुरु गरिएको कार्यक्रमको सम्बन्धित स्थानको प्रदेश सदस्य, जिल्ला समन्वय समिति तथा मन्त्रालयले अनुगमन गर्ने छन् । सम्झौता अनुरुप कार्य नभएमा प्रदेश सरकारले दिएको अनुदान पनि रोक्न सक्ने तथा आवश्यकता अनुसार कार्यविधी संशोधन गर्न मिल्ने कार्यविधिमा उल्लेख छन् ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलले शित भण्डार निर्माण तथा सञ्चालन सम्बन्धी कार्यविधि–२०७५ बनाई कार्य अगाडि बढाएको हो । जसमा स्थानीय सहकारी, स्थानीय तहले जग्गा उपलब्ध गराउनुपर्ने छ । प्रदेश सरकारको ७० र स्थानीयको ३० प्रतिशत साझेदारीमा शित भण्डार निर्माण हु“दै छन् । शित भण्डार सञ्चालन भएपछि ठुलो परिमाणमा कृषि उपज खेर नजाने, उपभोक्ताको माग अनुसार बिक्री वितरण गर्ने, पर्याप्त भण्डार, किसानहरुको क्षतिमा न्यूनिकरण र स्थानीय स्तरमा रोजगारीको सिर्जना हुनुका साथै किसानको बजारीकरण र भण्डारण नै मुख्य उद्देश्य रहेको मन्त्रालयले बताएको छ । यता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्षमा मकवानपुर जिल्लाको हेटौंडामा स्थानीय तहको साझेदारीमा कृषि सुपरमार्केट स्थापनाको डिपिआर तयार गरी प्रारम्भ गर्न १ करोड रकम विनियोजन गरेको छ ।