जागरण बचत तथा ऋण सहकारीको स्थापना दिवसमा आयोजित रक्तदान कार्यक्रम ।

हेटौंडाः जागरण बचत तथा ऋण सहकारी संस्थाले २४औं स्थापना दिवसको अवसरमा विविध कार्यक्रम गरेको छ । संस्थाको स्थापना दिवसमा रक्तदान कार्यक्रमसँगै विविध प्रतियोगिताहरु आयोजना गरिएको थियो ।

सोमबार मकवानपुरगढी–३ मक्रान्चुलीमा आयोजित रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् । २४औं स्थापना दिवसको अवसरमा ज्येष्ठ नागरिक सम्मान र वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा उत्कृष्ट भएका बालबालिका र सदस्यहरुलाई पुरस्कृत गरिएकोे संस्थाकी अध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा ९ जना सदस्य आमाहरुलाई जेष्ठ नागरिक सम्मान गरिएको उहाँले बताउनुभयो ।

स्थापना दिवसको अवसरमा शनिबार बालबालिका र सदस्यहरुको लागि खेलकुदको आयोजना गरिएको थियो । बालबालिकाको खेलमा २–५ वर्षसम्मको बालबालिकाको लागि बलपास खेल, ५–१० वर्षसम्मको बालबालिकालाई स्मरण परिक्षण खेल, र १०–१५ वर्षका बालबालिकाको लागि हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको थियो । त्यस्तै, सदस्य खेल तर्फ म्युजीकल चियर र घैंटो फुटाउने प्रतियोगिता आयोजना गरिएको थियो । शनिबार सम्पन्न विभिन्न खेलमा विजय भएका २१ जना बालबालिका र ४ जना सदस्यहरुलाई आज पुरस्कृत गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।