गुगल तस्विर ।

हेटौंडाः हेटौंडा उपमहानगरस्तरीय शिक्षक भलिबल प्रतियोगिता आज शुक्रबारबाट सुरु हुँदैछ । हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाको आयोजनामा प्रथम नगरस्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

११ टिम समावेश भएको प्रतियोगिताको पहिलो खेल गोरक्षनाथ मावि र जनज्योति माविबीच विहान साढे ७ बजे सुरु हुनेछ । प्रतियोगिता हुप्रचौरस्थित भलिबल कोर्टमा हुनेछ ।