सुशील घिमिरे ।

हेटौंडाः आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले बुधबार र बिहीबार दुईदिन पार्टीको वडा कमिटीबाटै वडा अध्यक्ष र वडा सदस्य सिफारिस गर्ने प्रक्रिया पूरा गरेको छ । वडा कमिटीले नयाँ र लोकप्रिय अनुहारलाई वडा अध्यक्षमा सिफारिस गरेको छ । २०७४ सालमा निर्वाचित मध्ये थोरै वडा अध्यक्षले मात्रै पुनः उम्मेदवार हुने अवसर पाएका छन् ।

हेटौंडा उपमहानगरपालिकाको २ नम्बर वडामा हरिबहादुर राउत, ४ नम्बर वडामा नवीन सिग्देल, ७ नम्बरमा राजन थापा, १४ नम्बरमा दीपक खड्का सर्वसम्मत पुनः अध्यक्षको उम्मेदवार सिफारिस हुनुभएको छ । हेटौंडा उपमहानगरका १९ वटा वडा मध्ये १२ वटा वडामा अध्यक्षको उम्मेदवार सर्वसम्मत सिफारिस भएको छ भने एउटा वडामा बिहीबार पनि अध्यक्ष सिफारिस हुन सकेको छैन भने ५ वटा वडामा २ देखि ३ जनासम्म सिफारिस भएका छन् ।
वडा नम्बर १ मा उत्तमप्रसाद पौडेल, २ मा हरिबहादुर राउत, ४ मा नवीन सिग्देल, ५ मा सुशील घिमिरे, ६ मा विश्वराज राई, ७ मा राजन थापा, १२ मा राजेश नगरकोटी, १३ मा पेम्बा लामा, १४ मा दीपक खड्का, १५ मा सुनिल मोक्तान, १६ मा बसन्तप्रसाद लामिछाने र १८ मा अनिल बानियाँ सर्वसम्मत अध्यक्षको उम्मेदवार सिफारिस हुनुभएको छ ।

वडा कमिटीको बैठकमा सहमति हुन नसक्दा वडा नम्बर ३, ८, ९, ११, १७ र १९ मा तीन÷तीन जना सिफारिस भएका छन् भने वडा नम्बर १७ मा दुईजनाको नाम सिफारिस भएको छ । १० नम्बर वडामा भने बुधबार र बिहीबार दुईदिनको प्रयासमा पनि अध्यक्षको नाम सिफारिस गर्न सकेको छैन ।
वडा नम्बर ३ बाट अध्यक्षका लागि रामकुमार पुडासैनी, परेशमान विडारी र कल्पना लामाको नाम सिफारिस गरिएको छ । वडा नम्बर ८ बाट बोलबहादुर कार्की, यशोदा उप्रेती र रमेशकुमार पौडेलको नाम सिफारिस गरिएको छ । वडा नम्बर ९ मा नरेन्द्र भण्डारी, लक्ष्मण भण्डारी र गोमा शाहको नाम सिफारिस भएको छ ।

वडा नम्बर ११ बाट जुना दाहाल, रामचन्द्र न्यौपाने र दीपक सिवाकोटीको नाम सिफारिस भएको छ । वडा नम्बर १७ मा भैरबहादुर राई र लक्ष्मण खुलालको नाम सिफारिस हुँदा वडा नम्बर १९ मा नरनाथ सुवेदी, इन्दिरा तामाङ र रत्नबहादुर ब्लोनको नाम सिफारिस गरिएको छ । वर्तमान वडा अध्यक्ष (३ नम्बर) रामकुमार पुडासैनी, (९ नम्बर) लक्ष्मण भण्डारी, (१७ नम्बर) भैरवबहादुर राई र (१९ नम्बर) नरनाथ सुवेदी सर्वसम्मत हुन सकेनन् ।र्
एमालेले वडा अध्यक्षको उम्मेदवार चयन गर्दा नयाँ अनुहार र लोकप्रिय युवा पुस्तालाई प्राथमिकतामा राखेको छ । ५ नम्बर वडा अध्यक्षको उम्मेदवार सुशील घिमिरे खेल क्षेत्रमा राष्ट्रिय रुपमै चर्चित व्यक्ति हुनुहुन्छ भने ६ नम्बर वडामा विश्वराज राई, १२ नम्बर वडाका राजेश नगरकोटी, १३ नम्बर वडाका पेम्बा लामा, १४ नम्बर वडाका दीपक खड्का, १५ नम्बर वडाका सुनिल मोक्तान र १८ नम्बर वडाका अनिल बानियाँ लोकप्रिय युवा नेता हुन् ।

क्र.सं. अध्यक्षमा सिफारिस नाम
१ उत्तम प्रसाद पौडेल
२ हरिबहादुर राउत
३ रामकुमार पुडासैनी/परेशमान विडारी/कल्पना लामा
४ नवीन सिग्देल
५ सुशील घिमिरे
६ विश्वराज राई
७ राजन थापा
८ बोलबहादुर कार्की/यशोदा उप्रेती/रमेशकुमार पौडेल
९ नरेन्द्र भण्डारी/लक्ष्मणप्रसाद भण्डारी/गोमा शाह
१० सिफारिस हुन नसकेको ।
११ जुना दाहाल/रामचन्द्र न्यौपाने/दीपक सिवाकोटी
१२ राजेश नगरकोटी
१३ पेम्बा लामा
१४ दीपक खड्का
१५ सुनिल मोक्तान
१६ बसन्त प्रसाद लामिछाने
१७ भैरवबहादुर राई/लक्ष्मण खुलाल
१८ अनिल बानियाँ
१९ नरनाथ सुवेदी/इन्दिरा तामाङ/रत्नबहादुर ब्लोन

१ नम्बर वडामा एमालेले वडा सदस्यमा खुलातर्फ सोनामसिं स्याङ्तान र रामकृष्ण अधिकारी, महिला सदस्यमा मनु दाहाल र दलित महिला सदस्यमा ईश्वरी रसाईलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । वडा सदस्यमा ईश्वरी रसाईली र खुला सदस्यमा सोनामसिंह स्याङ्तान २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित वडा सदस्यहरु हुन् । वडा नम्बर २ बाट दलित महिला सदस्यमा सुमित्रा सुनार कामीलाई सर्वसम्मत उम्मेदवार बनाउन सिफारिस गरेको छ । सुमित्रा हाल वडा सदस्यको जिम्मेवारीमा हुनुहुन्छ । यस्तै, वडा नम्बर २ बाट खुला सदस्य र महिला सदस्यमा ८ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

रामकृष्ण तिमल्सिना, महेश्वरमान श्रेष्ठ, रेनु गुरुङ, शिशिर सुवेदी, जितेन्द्र श्रेष्ठ, चन्द्रावति पनेरु, सीता तिमल्सिना र अञ्जु अधिकारीको नाम सिफारिस गरेको छ । महेश्वरमान श्रेष्ठ र रेनु गुरुङ हाल सदस्य हुनुहुन्छ भने रामकृष्ण, शिशिर, चन्द्रावति, जितेन्द्र, सीता र अञ्जु नयाँ अनुहार हो । ३ नम्बर वडामा सदस्य खुलातर्फ चण्डिका न्यौपाने र हितबहादुर पुलामी, दलित महिलातर्फ राधा बिक, महिलातर्फ बिमला बर्तौलाको नाम सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ । नेकपा एमाले ४ नम्बर वडा कमिटीको बुधबार बिहान बसेको बैठकले सर्वसम्मत वडा सदस्यमा जनरल श्रेष्ठ, जगन्नाथ पाण्डे, गीता त्रिपाठी र विष्णुदेवी देउला सिफारिस गर्ने निर्णय गरेको छ । वडा सदस्यमा जनरल श्रेष्ठ दोस्रो कार्यकालका लागि उम्मेदवार हुने भएको छ भने पाण्डे, त्रिपाठी र देउला नयाँ अनुहार हुन् ।

नेकपा एमाले ५ नम्बर वडा कमिटीले वडा सदस्यमा ज्ञानु थापा, राम बहादुर राई, भगवती बिक र रञ्जीता सिलवालको नाम सिफारिस गर्ने निर्णय गरेको छ । ज्ञानु थापा र भगवती बिक अहिले पनि वडा सदस्य हुनुहुन्छ भने रामबहादुर राई र रञ्जीता सिलवाल नयाँ अनुहार हो । ६ नम्बर वडामा सदस्यमा खुलातर्फ लेखराज ढकाल र मनोज चौलागाई, महिलातर्फ सरिता सापकोटा, दलित महिला सदस्यमा अम्बिका बिकको नाम सिफारिस गर्ने निर्णय गरेको छ । ६ नम्बर वडाबाट अध्यक्षसहित सदस्य सवै नयाँ अनुहार हुन् ।

७ नम्बर वडाबाट खुला सदस्यमा देवराज रिमाल र नरबहादुर भ्लोन, दलित महिला सदस्यमा सपना बिक र महिला सदस्यमा तुलसा अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । वडा अध्यक्ष थापा, वडा सदस्य देवराज रिमाल र दलित सदस्य सपना बिक दोस्रो कार्यकालका लागि उम्मेदवार हुँदै हुनुहुन्छ भने नरबहादुर भ्लोन र तुलसा अधिकारी पहिलो पटक वडा सदस्यको उम्मेदवार बन्दै हुनुहुन्छ । ८ नम्बर वडाको खुला सदस्यमा गोपाल बहादुर श्रेष्ठ र राजु मोक्तानलाई सर्वसम्मत उम्मेदवारीमा सिफारिस गरिएको छ । श्रेष्ठ वर्तमान अध्यक्ष समेत हुनुहुन्छ भने मोक्तान नयाँ अनुहार हो । यस्तै, महिला सदस्यमा मन्जु भुर्तेल, सुशीला मल्ल र सुमित्रा पाण्डेको नाम सिफारिस गर्ने निर्णय भएको छ । महिला खुला सदस्यमा सिफारिस भएका सबैजना नयाँ अनुहार हुन् । दलित महिला सदस्यमा ममता देउला र कल्पना बिकको नाम सिफारिस गरेको छ । कल्पना बिक हाल वडा सदस्यको भूमिकामा हुनुहुन्छ भने ममता नयाँ अनुहार हो ।

यता ९ नम्बर वडामा २ जना खुला सदस्यमा ६ जनाको नाम सिफारिस गरिएको छ । खुला सदस्यमा मदन न्यौपाने, यदुवंश खतिवडा, नारायण खतिवडा, रामकुमार श्रेष्ठ, टिका प्रसाद भट्टराई र सिताराम पौडेलको नाम सिफारिस गर्ने निर्णय भएको छ । महिला सदस्यमा मीना अर्याल र दलित महिलामा लक्ष्मी नेपालीको नाम सिफारिस गरिएको छ । लक्ष्मी नेपाली अहिले पनि वडा सदस्य हुनुहुन्छ भने मीना अर्याल नयाँ अनुहार हो । ११ नम्बर वडाबाट सदस्यमा खुलातर्फ अक्कल बहादुर रोक्का (तीर्थ) र सूर्यबहादुर खुलाल, महिला सदस्यमा गोपिनी सापकोटा र दलित महिला सदस्यमा गीता सुनारको नाम सिफारिस गर्ने निर्णय सर्वसम्मत भएको छ । वडा सदस्यमा दलित महिलातर्फ गीता सुनार वहालवाला वडा सदस्य हुनुहुन्छ भने गोपिनी सापकोटा २०५४ सालको स्थानीय निर्वाचनमा वडा सदस्य निर्वाचित भई काम गर्नुभएको व्यक्ति हुनुहुन्छ ।

१२ नम्बर वडा भेलाले खुला सदस्यतर्फ ज्ञानबहादुर श्रेष्ठ र महेश भट्टराई, महिला सदस्यतर्फ रुक्मिणी स्याङ्तान र दलित महिलातर्फ गीता परियारलाई सिफारिस गर्ने निर्णय सर्वसम्मतबाट गरेको छ । ज्ञानबहादुर श्रेष्ठ र रुक्मिणी स्याङ्तान बहालवाला वडा सदस्य हुनुहुन्छ भने वडा सदस्य महेश भट्टराई र गीता परियार नयाँ अनुहार हो । वडा नम्बर १३ को सदस्यहरुमा आशिष थापा, बुद्ध गोले, बिष्णुमाया परियार र बिष्णुमाया थिङलाई उम्मेदवार बनाउन सर्वसम्मतरुपमा सिफारिस गरेको छ । विष्णु माया परियार अहिले पनि वडा सदस्य हुनुहुन्छ भने आशिष, बुद्ध र विष्णुमाया थिङ आगामी निर्वाचनका लागि नयाँ अनुहार हो ।

१५ नम्बर वडा कमिटीले वडा सदस्यमा महिलातर्फ पातलीमाया गोङ्बा, दलि महिलातर्फ मिनु विश्वकर्मा, खुलातर्फ राजेन्द्र तितुङ र सिंह बहादुर लोलाई उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको छ । १६ नम्बर वडा सदस्यमा खुलातर्फ राजेन्द्र गरन्जा र कृष्ण बहादुर रुम्बा, दलित महिलातर्फ पवित्रा बिश्वकर्मा र महिलातर्फ अस्मिता भुषाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । १७ नम्बर वडाबाट खुलातर्फ भीमप्रसाद अधिकारी र टीका तिमल्सिना, दलित महिलातर्फ ईश्वरी सुनारको नाम सिफारिस भएको छ । १८ नम्बर वडाबाट खुलातर्फ तोयानाथ तिमल्सिना, विश्वनाथ ढुंगाना, महिलातर्फ कल्पना कुइँकेल र दलित महिलतर्फ पुजा मग्रातीको नाम सर्वसम्मत सिफारिस गरिएको छ । वडा अध्यक्ष बानियाँसहित सदस्यहरु सबैजना पुनः उम्मेदवार बन्न लागेका हुन् ।

१९ नम्बर वडाबाट सदस्यमा दलित महिलामा शान्ति बिक र महिलामा रमा गोले सर्वसम्मत सिफारिस हुनुभएको छ । २ जना खुला सदस्यमा कृष्णमान स्याङ्तान, प्रताप थिङ र राजकुमार बज्युको नाम सिफारिस गरिएको छ । खुला सदस्यमा सहमति प्रयास विफल भएपछि आकांक्षी तीनै जनाको नाम नगर समितिमा सिफारिस गरिएको हो । अध्यक्षका आकांक्षी नरनाथ सुवेदी वर्तमान वडा अध्यक्ष हुनुहुन्छ भने इन्दिरा तामाङ वडा सदस्य हुनुहुन्छ । सदस्यका उम्मेदवार शान्ति बिक पनि वर्तमान वडा सदस्य हुनुहुन्छ । वडाबाट सिफारिस गरिएका उम्मेद्वारहरु पालिकाबाट जिल्ला कमिटीमा सिफारिस भई जिल्ला कमिटीले अन्तिम उम्मेदवार टुंग्याउनेछ ।