उद्घाटन खेलमा खेलाडीलाई भलिबल हस्तान्तरण गर्दै हेटौंडाका मेयर हरि बहादुर महत ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिको शिक्षा विकास महाशाखाको आयोजनामा आज शुक्रबारबाट नगरस्तरीय शिक्षक भलिबल प्रतियोगिता सुरु भएको छ । खेल उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गंगाधर रिमालको सभाध्यक्षता र हेटौंडाका मेयर हरि बहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो ।

हेटौंडा –४ हुप्रचौरमा भएको प्रतियोगिताको उद्घाटन खेलमा गोरक्षनाथ माध्यामिक विद्यालय र जनज्योति माध्यामिक विद्यालयको बीच खेल हुँदैछ । आज नकआउट अन्तर्गतको पाँच खेल सम्पन्न हुनेछ । नगरस्तरीय शिक्षक भलिबल प्रतियोगिता तिन दिनसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा नगरका ११ वटा विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम हुनेले समुहले २७ हजार, दोस्रो हुनेले १८ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्ने छन् । यस्तै, सेमिफइनलमा प्रवेश गर्ने दुई समुहले ६ हजार ७ सय ५० रुपैयाँको दरले प्राप्त गर्ने छन् । प्रतियोगिता उत्कृष्ट हुने खेलाडीहरुलाई ३ हजार र उत्कृष्ट स्पाइकर र सेटरले दुई दुई हजार रुपैयाँ प्राप्त गर्ने छन् ।