फाइल तस्वीर ।

हेटौंडाः शिक्षक सेवा आयोगले लिएको आन्तरीक बढुवा तर्फको परीक्षा सकिएको छ । हिजो सोमबार आयोगले लिएको आन्तरीक बढुवा तर्फको परीक्षामा मकवानपुर जिल्लाका विभिन्न परीक्षा केन्द्रका ४ सय ८१ जना परीक्षार्थी अनुपस्थित भएका छन् ।

परीक्षामा सहभागी हुन फारम भरेका २ हजार ९ सय ५१ जना परीक्षार्थी मध्ये २ हजार ४ सय ७० जना परीक्षर्थीले परीक्षामा सहभागी जनाएका थिए । हेटौंडा नगरमा परीक्षाका लागी १३ वटा परीक्षा केन्द्र निर्धारण गरिएको थियो ।