सांकेतिक चित्र ।

हेटौंडाः भीमफेदी गाउँपालिका वडा नम्बर ६ मा ब्युटीपार्लर तालिम हिजोबाट सुरु भएको छ । वडा नम्बर ६ का १२ जना महिलालाई १ महिने ब्यटीपार्लर तालिम सुरु भएको हो । वडा कार्यालयले छुट्टाएको १ लाख रुपैयाँ बजेट अनुसार तालिमको आयोजना गरिएको भीमफेदी गाउँपालिका उपाध्यक्ष पार्वती रानाले बताउनुभयो ।

भिमफेदी गाँउपालिका उपाध्यक्ष पार्वती रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन भएको हो । महिलाहरुलाई सक्षम र आत्मनिर्भर बनाउन तालिम दिईएको उहाँले बताउनुभयो । महिलाहरुलाई उद्यमशील बनाउन तालिमले सहयोग गर्ने उहाँको भनाई छ । तालिममा १२ जना महिलाको सहभागिता रहेको छ । कार्यक्रममा अन्जलि थापाले प्रशिक्षण दिँदै हुनुहुन्छ ।