हेटौंडाः हेटौंडा १५ स्थित श्री आधारभूत विद्यालयको अभिभावक भेला भएको छ । सोमबार वडा नम्बर १५ का वडाध्यक्ष महारत्न लामाको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिकी निर्वतमान अध्यक्ष ज्ञानीमाया भोलनको सभाध्यक्षतामा भेला भएको हो ।

भेलाबाट अभिभावकको तर्फबाट विद्यालय व्यवस्थापन समितिको सदस्यमा सुकलाल भोम्जन, रात्री घलान, देवी थिङ र केशरी रुम्बा चयन भएका छन् । भेलाले निवर्तमान अध्यक्ष कुमार रुम्बालाई सम्मान गरेको छ । भेलाबाट विद्यालयको आर्थिक र शैक्षिक प्रतिवेदन पास भएको आधारभूत विद्यालयका प्रधानाध्यापक राम कुमार अधिकारीले बताउनुभयो । उहाँका अनुसार नेपाल सरकारले प्रदान गर्ने २०७८ को छात्रवृत्ति वितरण गरिएको छ । गत शैक्षिक सत्रको कक्षागत प्रथम, द्धितिय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गरिएको उहाँले बताउनुभयो ।