स्कुल बसको चाबी हस्तान्तरण गर्दै ।

हेटौंडाः भीमफेदी गाउँपालिकाको आर्थिक सहयोगमा सोमबार श्री कृष्ण मावि भैसैंलाई बस हस्तान्तरण गरिएको छ । कार्यक्रममा भीमफदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीराम बज्युको सभाध्यक्षता रहेको थियो ।

टाढाबाट आउने विद्यार्थीलाई विद्यालय ल्याउने र घर पु¥याउनको लागी बसको प्रयोग हुने विद्यालयका प्रधानाध्यापक कृष्णलाल श्रेष्ठले बताउनुभयो । टाढाबाट आउने विद्यार्थीमा समस्या देखिएपछि बालबालिका पढाईबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले बस सुविधा संचालन गरिएको हो । विद्यालय व्यवस्थापन समितिले गाउँपालिकालाई बस सहयोग गर्न प्रस्ताव राखेको थियो । गाँउपालिकाको अनुगमनपछि विद्यालयले बस प्राप्त गरेको उहाँले बताउनुभयो । गाँउपालिकाको २८ लाख रुपैयाँ बजेटमा ४२ सिट भएको बस प्राप्त भएकोे उहाँले बताउनुभयो ।

विद्यार्थीको घर विद्यालयबाट टाढा भएकाले विद्यार्थीमा खानपिनको समस्या, यातायातको समस्या, पढाईमा नियमित अनुपस्थित लगायतका समस्या देखिएको उहाँले बताउनुभयो । कार्यक्रममा भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना, भीमफेदी गाउँपालिकाका कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।