हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका–४ छतिवनमा नेकपा माओवादी निकट अखिल क्रान्तिकारीको सङ्गठन बिस्तार भएको छ । सोमबार बिहान बिद्यालय परिसरमा पुगेर विद्यार्थी भेला गरी संगठन विस्तार गरेको अखिल क्रान्तिकारी मकवानपुरका सदस्य एवंम विद्यार्थी नेता दीपक वाईबाले जानकारी दिनुभयो ।
भेलाबाट अखिल क्रान्तिकारी महेन्द्र माविको अध्यक्षमा सविन खड्का चयन हुनुभएको छ । भेलाले खड्काको अध्यक्षतामा २१ जना विद्यार्थी कमिटी गठन गरेको छ । यस्तै उपाध्यक्षमा कविता तिमल्सिना, अन्जना तिमल्सिना र विशाल नेपाललाई चयन गरिएको छ । यस्तै, सचिवमा आशिका लामिछाने, सह–सचीवमा अस्मिता फुयाँल र कोषाध्यक्षमा सरस्वती जिम्बालाई चयन गरिएको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्र बकैयाँका नेता प्रल्हाद प्रसाद गौतम लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।











