सहकारी सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्ने एउटा प्रणाली हो । सहकारीमा आबद्ध सदस्यहरुको आवश्यकताअनुसारको व्यावसायिक सेवा प्रदान गर्नु सहकारी संघ/संस्थाको मुख्य विशेषता हो । हाल सहकारी संघसंस्थाले सदस्यहरुको आवश्यकताअनुसारको केही मात्रामा सेवा प्रदान गरिरहेकाले सदस्यहरु आत्मनिर्भर बन्न सकिरहेका छैनन् । सदस्यहरुलाई संस्थाले के गरिदिनुपर्छ भन्ने र संघ/संस्थालाई सदस्यहरुकोे मुख्य समस्या के हो भन्ने पहिल्याउन पनि कठिनाईको अवस्था छ । केही सहकारीका उत्पादक सदस्यहरु निरास छन् भने कतै सहकारीका उपभोक्ता सदस्यहरु ठगिएका छन् । आप्mना उत्पादक सदस्यहरुलाई उत्साह दिलाउनु र उपभोक्ता सदस्यहरुलाई सन्तुष्ट बनाउनु सहकारी क्षेत्रको मुख्य चुनौती हो ।

उत्पादक सदस्यहरुको समस्यालाई सुल्झाउन र उपभोक्ता सदस्यहरुलाई राहत महशुस गराउन अब सम्पूर्ण सहकारी क्षेत्रको ध्यान उत्पादन, प्रशोधन र बजारीकरणमा लगाउन नसके सहकारी अभियानमा नै प्रश्न उठ्ने र अभियान धारासायी बन्नसक्छ । सहकारी अभियानसँग रहेको वित्तीय श्रोत (जगेडाकोष र शेयर पुँजी) को केही हिस्साको परिचालन उत्पादन, प्रशोधन र बजारीकरणमा गरी सहकारी व्यवसायको सेवा क्षेत्र बिस्तार गर्न केही संघसंस्थाले जमर्को गरिरहेका छन् । अझ यसलाई बढीभन्दा बढी प्रभाकारी बनाउन जरुरी छ ।

सहकारीमा आवद्ध सदस्यहरुको उत्पादन क्षमता वृद्धि गर्न व्यक्तिगत, सामूहिक र संस्थागत प्रविधिको प्रयोग बढाई, उत्पादन बिक्रीको ग्यारेण्टी गर्न सकेमा सदस्यहरु स्वरोजगार बन्दै आर्थिक रुपमा आत्मनिर्भर बन्न सक्छन् । अबका दिनमा राज्यबाट वितरण हुने श्रोतमा संस्थाबाट समेत थप श्रोत लगानी बढाई उत्पादक सदस्यहरुको चाहनाअनुसार व्यापकरुपमा ज्ञान, सीप र प्रविधि हस्तान्तरण गरी प्रविधि प्रयोगमा अभिप्रेरित गर्दै गुणस्तरीय उत्पादकत्व बढाउनुपर्छ ।

सदस्यहरुबाट उत्पादित सामग्रीहरु सहकारी संघ/संस्थाले संकलनगरी प्रशोधन, ग्रेडिङ, प्याकेजिङ र भण्डारण क्षमताको विकास गर्दै आपैंmले संगठितरुपमा बजारीकरण गर्नु र नीतिगतरुपमा आप्mना क्रियाकलापहरुलाई पारदर्शी गराउन ६५ औं राष्ट्रिय सहकारी दिवसले सम्पूर्ण सहकारीकर्मीहरुमा सफलता प्राप्त गर्न उत्प्रेरित गरोस् भन्ने शुभेच्छा प्रकट गर्दछु । जय सहकारी । (देवकोटा ६५ औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समिति २०७८ का संयोजक हुनुहुन्छ ।)