अनित्यको “तुइनको बाटो” कविता संग्रह विमोचन गर्दै अतिथिहरु ।

हेटौंडाः मकवानपुरे कवि तथा पत्रकार छवि अनित्यको “तुइनको बाटो” कविता संग्रह आज शुक्रबार पोखरामा विमोचन भएको छ । “तुइनको बाटो” कविता संग्रह कवि छवि अनित्यको दोस्रो कविता संग्रह हो ।

कविता संग्रह चैत २५ गते हेटौंडा क्याम्पसमा गृह विमोचन गर्ने कार्यक्रम रहेको छ । अनित्यको दोस्रो कविता संग्रह “तुइनको बाटोमा” ५३ वटा कविता रहेका छन् । २०७१ सालमा प्रकाशित “हल्ला” अनित्यको पहिलो कविता संग्रह हो । बागमती प्रदेशको राजधानी हेटौंडा—१८, हटियामा उहाँको बाल्यकाल बितेको थियो । अनित्य मकवानपुर बाल विद्या सदनका प्रधानाध्यापक, नेपाल पत्रकार महासंघ मकवानपुरको सदस्य तथा सञ्चारकर्मीसमेत हुनुहुन्छ ।