हेटौंडाः नेपाली काँग्रेसले बागमती प्रदेशस्तरीय निर्वाचन परिचालन समिति गठन गरेको छ । शुक्रबार बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको संयोजकत्वमा ३६ सदस्यीय समिति गठन भएको छ ।

समितिको सदस्यमा उपसभापति चन्द्र महर्जन र मोहन बहादुर बस्नेत, महामन्त्रीहरु कञ्चन वादे श्रेष्ठ र राजु श्रेष्ठ तथा कोषाध्यक्ष दीर्घमान श्रेष्ठ, सहमहामन्त्री जीवन डंगोल, ऋषिराम घिमिरे, हरिशरण श्रेष्ठ सदस्य रहनुभएको छ । यस्तै जगदिश्वर नरसिंह केसी, तिलक प्रसाद रुवाली, लामा कार्पु तामाङ, दिपेन्द्र आचार्य, बल बहादुर दमाई, कल्पना खड्का, मसिना खड्का भण्डारी, प्रभात तामाङ, सन्त बहादुर प्रजा, प्रमोद रिमाल, इन्द्रमान महर्जन, तारा गुरुङ पनि सदस्य रहनुभएको छ ।

समितिको सदस्यमा कैलाश कोइराला, अर्जुन उप्रेती, नातिकाजी कार्की, सरु बानियाँ, विवश कुमार वाइबा, जितबहादुर मगर, चित्र बहादुर कार्की, महान अर्याल, भगवान खड्का, लक्ष्मी महर्जन, भद्रा पराजुली, कृष्णलाल भँडेल, निमा लामा, छिरिङ दोर्जे लामा र अर्जुन प्रसाद न्यौपाने चयन हुनुभएको छ ।