कभर्ड हल उद्घाटन पश्चात् मन्तव्य दिँदै मेयर महत ।

हेटौंंडाः हेटौंडा–४ पारिजातपथ निर्माण गरिएको हेटौंडा बहुउद्देश्यीय कभर्डहलको सोमबार उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले कभर्डहलको उद्घाटन गर्नुभयो ।

कभर्डहल निर्माणमा कुल १ करोड ४८ लाख खर्च भएको निर्माण समितिका अध्यक्ष दिपेन्द्र ढकालले जानकारी दिनुभयो । जसमा हेटौंडा उपमहानगरपालिकाले १ करोड ३३ लाख र राष्ट्रिय खेलकुद परिषद्ले १५ लाख रुपैयाँ उपलब्ध गराएको थियो । कभर्डहल ७२/५५ फिटमा निर्माण भएको हो । ६ सय दर्शक अटाउन सक्ने कभर्डहलमा मार्सलआर्टका विभिन्न खेलहरु सञ्चालन गर्न सकिने जनाइएको छ ।

कार्यक्रममा हेटौंडा–४ का वडाध्यक्ष नविन सिग्देल, वडा सदस्य जनरल श्रेष्ठ, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वेश खड्गी, नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही, पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरे, विभिन्न खेलकुद संघका पदाधिकारी, प्रशिक्षक, खेलाडीको उपस्थिति रहेको थियो ।