हेटौंडाः हेटौंडा ४ कर्रामा मकवानपुर तेक्वान्दो जिल्ला कार्य समितिको नव निर्मित कभर्ड हलको आज उद्घाटन गरिएको छ । नव निर्मित भवनको हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत र २८ नम्बर गणका हेमन्त बहादुर विष्टले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।
६३ लाख २१ हजार ८ सय २४ रुपैयाँ लागतमा कभर्ड हलको निमार्ण भएको मकवापुर जिल्ला तेक्वान्दो कार्य समितिका अध्यक्ष लालकाजी रत्न बज्राचार्यले जानकारी दिनुभयोे । हेटौंडा उपमहानगरपालिका बाट ४५ लाख रुपैयाँ सहित ३ कठ्ठा जग्गा उपलब्ध भएको बज्राचार्यले बताउनुभयो । यस्तै, सामाजिक विकास मन्त्रालयबाट ९ लाख रुपैयाँ र अन्य सहयोगीबाट प्राप्तभएको रकमबाट कभर्ड हलको निमार्ण भएको बज्राचार्यले जानकारी दिनुभयो । उक्त कवर्ड हलमा जिल्लास्तरीय खेलाडीहरुलाई प्रशिक्षण गराउने र नियमित रुपमा व्यायामहरु हुने बताइएको छ ।
कभर्ड हलको उद्घाटन कार्यक्रममा मकवापुर जिल्ला तेक्वान्दो कार्य समितिका अध्यक्ष लालकाजि रत्न बज्राचार्य अध्यक्षता र हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो ।