Home मुख्य समाचार महिलामाथि छुरा प्रहार गर्ने सिर्जन अझै फरार

महिलामाथि छुरा प्रहार गर्ने सिर्जन अझै फरार

एक महिलामाथि छुरा प्रहार गर्ने सिर्जन यादब

हेटौंडाः गत शुक्रबार एक महिलामाथि छुरा प्रहार गर्ने व्यक्तिलाई अझै प्रहरीले पक्राउ गर्न सकेको छैन । हेटौंडा–७ हरियाली टोलका २४ वर्षीय अनिशा राईलाई आफ्नै घर आसपासको क्षेत्रमा हेटौंडा–५ स्थित घर भएका २९ वर्षीय सिर्जन यादबले छुरी प्रहार गरेका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सिर्जनको खोजी कार्य भइरहेको जनाएको छ ।

मकवानपुर बहुमुखी क्याम्पसमा स्नातकोत्तर (एमएड) तेस्रो सेमेस्टरमा अध्ययनरत अनिशालाई प्रेम प्रस्ताव अस्विकारको नाममा छुरी प्रहार गरेका हुन् । अनिशा मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको सञ्जाल सदस्य, सानाहातहरु नेपालका सदस्य, सुरक्षित वैदेशिक रोजगार परामर्श दाताको रुपमा कार्यरत छन् ।

मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको संजाल मकवानपुरका अध्यक्ष आरती पाठकले आईतबार सामाजिक संजालमा अपराधिक मानसिकता कहिलेसम्म,कता जाँदै छ समाज भन्दै प्रश्न गर्नुभएको छ । राई आफ्नो कार्यलयको जिम्मेवारी पुरा गरि घर फर्किने क्रममा छुरा प्रहार भएको बताउनुहुँदै दोषीलाई कारबाहीको माग गर्नुभएको छ । हेटौंडाको चुरेहील अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि अनिशालाई काठमाण्ठौ स्थित ट्रमा सेन्टरमा पठाईएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

Exit mobile version