सांकेतिक तस्बिर ।

हेटौंडाः मकवानपुरमा आईतबार १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा १४ जनाको पीसीआर विधिबाट र २ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

आईतबार १६ जनाको परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मकवानपुर जिल्लामा अहिले १७ जना सक्रिय संक्रमित रहेको र उनीहरु होम आईसोलेसनमा उपचाररत छन् । मकवानपुरमा हालसम्म १ सय ७१ जनाको कोरोनाका कारण ज्यान गएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।