लागुऔषध गाँजासहित पक्राउ परेका अमृत मोक्तान । प्रहरीले नाबालकको परिचय भने खुलाएको छैन ।

हेटौंडाः लागुऔषध गाँजाको भरियाको रुपमा एक नाबालकसहित २ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

शनिबार बिहान साढे ११ बजेको समयमा हेटौंडातर्फ आउँदै गरेको एक यात्रु बसबाट भीमफेदी गाउँपालिका–२, भैंसेस्थित प्रहरी चौकीबाट खटिएको प्रहरीले लागुऔषध गाँजा २ किलो २ सय ग्रामसहित मकवानपुर जिल्लाको कैलाश गाउँपालिका–४ का १९ बर्षीय अमृत मोक्तान र एक नाबालकलाई प्रहरीले पक्राउ गरिएको जनाएको छ । प्रहरीले दुवैजनालाई हिरासतमा राखी अनुसन्धान गरिरहेको जनाएको छ ।