फाइल तस्बिर ।

हेटौंडाः हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा आइतबार १० जनाले स्वाब संकलन गराएका छन् । कोभिड–१९ परीक्षणका लागि ४ जना महिला र ६ जना पुरुषले स्वाब संकलन गराएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार आइतबार बिहान स्वाब संकलन गराउनेहरु स्वास्थ्य उपचारका लागि अस्पतालले कोभिड–१९ परीक्षणको रिपोर्ट आवश्यक भएर आएकाहरु छन् । अहिले हेटौंडा अस्पतालको कोभिड–१९ वार्डमा ९१ वर्षीय वृद्ध उपचाररत हुनुहुन्छ । दोस्रो पटक कोभिड–१९ संक्रमण पुष्टि भएपछि तीनदिनअघि अस्पताल भर्ना हुनुभएका वृद्धको स्वास्थ्य अवस्था सहज रहेको हेटौंडा अस्पतालको कोभिड–१९ वार्डका इन्चार्ज डा. प्रशान्त विडारीले जानकारी दिनुभएको छ ।