हेटौंडाः बागमती प्रदेश सभाको बैठक फागुन १६ गते बस्ने भएको छ । बुधबार प्रदेश सभा सचिवालयले फागुन १६ गते दिनको १ बजे प्रदेश सभा बैठक बस्नेत जानकारी गराएको हो ।
पुस ८ गते अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेश सभा बैठक दुई महिना ८ दिनपछि बस्ने भएको छ । बुधबार प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले सर्वदलीय बैठक गरेर प्रदेश सभा बैठक बेलाउने निर्णय गर्नुभएको प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभएको छ ।