प्रश्न – शंकर पोख्रेलले लेखेको कुरा सत्य हो, मधेसमा बस्ने अधिकान्स जनता कालो वर्णका छन् । यो कसरी गलत भो? यस्मा कहाँ छ रङभेद? (सार्वजनिक रुपमै पनि केही साथीहरुले सोध्नुभएको रहेछ ।)
– सर्वप्रथम त प्रश्नकर्ता साथीहरुको बिचार र भावनाको म कदर गर्दछु । र, सिके राउत, अमरेस सिंह वा कुनै भूमिगत समुहले केहि बोल्यो, लेख्यो कि केकेन भनेर बिस्लेशण र तर्क ठोक्नेहरुको मौनता वा भनौ मौन समर्थन (?) प्रती श्रद्धान्जली अर्पण गर्छु ।
साथै धन्न ‘आइएम विथ शंकर’ भन्ने ट्रेन्ड नै नचलाकोमा धन्यवाद पनि दिन्छु ।
– डा. सन्जिव कुमार उप्रेतिले ‘सिद्धन्तका कुरा’ नामक पुस्तकमा लेख्नु हुन्छ – “कुनैपनी शब्दको Significance प्रयोगकर्ताले के Signify गर्न खोजेको हो त्यसमा भर पर्छ “। आर्थत – शब्दको Natural meaning नै अन्तिम अर्थ हैन । सन्दर्भ र प्रयोगकर्ताको नीयतले धेरै फरक पार्छ ।
जसरी :
– श्रीमान / श्रीमती वा प्रेमिका वा छोरा/छोरीलाई मायागरेर काले/काली भन्नु र पुर्व राष्ट्रपतीलाई काले राष्ट्रपती भन्नु फरक हो । दोस्रो सन्दर्भमा रङभेद स्पस्ट देखिन्छ ।
– बुढो उमेरका मान्छेहरुलाई ‘त्यो बुढो’ भन्न पाइदैन । त्यो अपमान हुन सक्छ । त्यसैले बुवा वा हजुरबुवा भन्ने चलन छ।
– हिन्दू परम्परा अनुसार श्रीमान स्वर्गवासी भएका महिलाहरुलाई बिध्वा भनिन्छ तर के सामान्य बोलचालमा त्यसरी सम्बोधन गर्न पाईन्छ? – पाइदैन । वर्तमान राष्ट्रपती बिद्यादेवी भण्डारीलाई बिध्वा भनेर भन्न लेख्न पाईन्छ? – पाइदैन । जबकी त्यसको साब्दिक अर्थमा कुनै फरक पर्ने छैन ।
– अपाङ्गता भएकाहरुको भावनामा कुनै किसिमको ठेस न पुगिस भनि धेरै शब्दहरुलाई घुमाएर प्रयोग गरिन्छ जबकी साब्दिक अर्थ त्यहि नै हो । तर कसैलाई हेपेर वा घोच्यौने गरी बोल्दा लाटो …. जस्ता शब्दहरुलाई प्रयोगमा ल्याउदा पनि उनिहरुको मनमा चोट पुग्न सक्छ भनि अचेल यस्ता शब्दलाई सके सम्म वर्जित गर्न थालिएको छ ।
– त्यति मात्र हैन, कुनै कार्यक्रममा कसैले कसैलाई ‘म धन्यवाद दिन चाहन्छु’ भन्नु उस्को चाहना मात्र झल्किन्छ वा भनौ उसले धन्यवाद दिन चाहेको मात्र हो (साब्दिक अर्थ खोज्दा) तर सामान्यतया उसले धन्यवाद दिएकै बुझिन्छ ।
अर्को सबभन्दा महत्वपूर्ण कुरा के भने ‘भावना मिल्दैमा बिचार मिल्नुपर्छ भन्ने छैन’ । भावनाबाट याद आयो – बिचार फरक छ भन्दैमा कसैको भावनालाई कुल्चिन पनि त पाइदैन । हो, यहाँ सबकुरा बिचार र भावना सँग जोडीएको छ ।
भुकम्पको बेलामा भावनात्मक एकताको मिसाल कायम गरेको नेपाली समाजमा संबिधान आएपछी एकाएक ’emotional breakdown’ भयो । कारण – एक त मधेसी जनताको चाहना बिपरित अपूर्ण र विभेदकारी संबिधान जारी भयो । बिरोध गर्न जादा आँफैले कर तिरेर पालेका प्रहरी र सेनाको गोली खाएर कैयौ शाहीद भए । सरकार र पत्रकारहरुको नजरमा संख्यामा देखिएका शहीदहरुको पछाडिको कथा नेपाली मिडियाले देखाउन/छाप्न चाहेना कि तिनका पत्रकारहरुले देखेनन उनिहरुलाई नै थाहा होला । तर म दावाका साथ भन्छु मधेसबारे कलम चलाऊने मधेसी पत्रकारहरुले नै पनि आँखा चिम्लेको हो यस बिसयमा । ति सहिद्हरुका साथसाथै कति बिध्वा भए, कति अनाथ भए? छ कसैसँग तथ्यांक? अब उनिहरुको जिम्मेवारी कल्ले लिने? मोर्चाले शाहीद हुनेको परिवारलाई ५० लाख दिने घोषणा गर्यो, सरकारले १०/१० लाख दिने भन्यो । के त्यहि नै हो त उनिहरुको जिवनको मुल्य? त्यही नै हो उनिप्रती यो समाजले देखाउने कदर । आखिर संबिधानमा त्रुटी छदै छ तर कोही टुक्काबाजी गर्ने त कोही खिल्ली उदाउनमा ब्यस्त छ । उनिहरुलाई के मतलब – आफ्नो पेसा चलेकै छ । यो अभिब्यक्ती पनि त्यसैको पराकास्ठा हो ।
– हो, यहाँ नियताकै कुरा छ मित्र ।
– साब्दिक अर्थ लगाउनेहो भने त्यहा गलत नदेखिएला, ठिकै होला तर सवाल नियतको छ ।
संबिधानमा असन्तुस्ति भएकै कारण मधेसमा त्यत्रो आगो बल्यो, मधेसले संबिधान जारी भएको दिन ‘Black out’ गर्यो । के यो सब घटना थाह छैन पोख्रेल महोदय लाई? राजनीतिको यत्रो लामो अनुभव भएका नेतालाई बिरोध जनाउने सान्केतिक तरिका थाहा छैन र? संचार मन्त्री भाईसकेका नेताले यस्तो टिप्पणी गर्न भन्दा अगाडि ‘Common sence’ लगाउनु पर्दैन? नियत बिल्कुल साफ भकोभए किन डिलिट गर्नु पर्थ्यो?? स्पस्ट छ – नियतमा खोट छ ।
मधेसका जनताहरु वर्णमा अपेक्षाक्रित कालो हुन्छ भन्ने कुरा नेताज्यू भन्दा मधेसका नेता र जनतालाई राम्ररी थाहा छ । वर्णका बिसेसग्य पनि हैनन क्यारे यिनी । अनि किन जान्ने पल्टिन पर्यो?
आफ्नै पार्टीका नेताहरुले लगातार मधेसी जनतालाई अपमान गर्ने सब्द र सैली अपनाउदा केहि बोल्न नसक्ने लाई अचानक मधेसका जनताको अपमान बारे बडो चिन्तालाग्यो? Huh
शब्दलाई मात्र हेर्ने हो भने Dr. CK Raut को सबै किताब/ ब्लग पढेको छु । यिनी जहाँपनी समानता, एकता र बिकासको कुरा गर्छन् । देस टुक्र्याउने कुरा गर्दा पनि जनहितकै कुरा गर्छन् यहाँ गलत के छ र? तर चुकी उनले देस टुक्रयाउने कुरा गर्छन् हामीलाई मन पर्दैन । कारण – नियतमा खराबी छ ।
अत: अन्य मौनता धारण् गरेका या अन्य बिसयसँग जोडेर बिरोधलाइ बिरोध गर्नेहरुप्रति मेरो सहानुभुति छ र त्यस्ता एकता बिरोधि बिचारहरुप्रती श्रद्धान्जली ।
कुसिक्षित र अर्ध-सिक्षित हरुको झुन्डले नेपाली राजनीतिलाई गलत दिशामा लौजाउन् त्यो भन्दा अगाडि नै आवाम जाग्नु पर्छ, मेरो पुस्ताले कुनैपनी कूबिचार र दुस्प्रयासलाई मौलाउन दिनु हुँदैन । अब यसैगरी “लाग्नेगरी हान्ने हैन कि ढाल्नेगरी हान्न पर्छ” ।
साथै यस्तो लडाईंमा न त मधेस जित्ने छ न त कुनै नेता न सरकार । यहाँ केवल नेपाल हार्ने छ । चेतना भया ~
(सन्दर्भ: तिन बर्ष अघिको पोस्ट ।)
– संबिधान दिवसलाई मैले सोक दिवसको रुपमा मनाउने घोषणा यसअघी नै गरिसकेको छु । जय होस् । MJ jha काे फेस बुक बाट लिएकाे ।