नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन मकवानपुरको अध्यक्षमा शिव चौलागाई चयन

हेटौंडाः नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन मकवानपुरको अध्यक्षमा शिव चौलागाई चयन हुनुभएको छ । शनिबार भएको प्रथम जिल्ला भेलाबाट चौलागाई सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो ।

भेलाबाट चौलागाई अध्यक्षतामा १३ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको छ । कमिटीको उपाध्यक्षमा गोविन्द न्यौपाने र मञ्जु पुडासैनी, सचिवमा पुस्कल गोले सागर, सहसचिवमा विकल्प चौलागाई र कोषाध्यक्षमा राजु बस्नेत चयन हुनुभएको छ । सदस्यमा गीता बानियाँ, श्रीजना सत्याल, स्वास्तिका राई, शंकर लामा, श्रीकृष्ण पुडासैनी, पवन चेपाङ र शुक्र अतित् चयन हुनुभएको छ ।